दमक । दमक – ८ का भक्तिप्रसाद प्रसाईं र मोहन प्रसाईंले दमकका दुईवटा वडाका अतिविपन्न १ सय ५० परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

दाता प्रसाईले दमक – ८ र ९ का अतिविपन्न परिवारकाहरुलाई प्रतिपरिवार १० केजीका दरले चामल वितरण गरेका हुन् । लकडाउनका मारमा परेका अतिविपन्न परिवारलाई खाद्यसामग्रीमा सहयोग पुर्याउन सो खाद्यान्न प्रदान गरिएको दाता प्रसाईद्वयले बताएका छन् ।

ती खाद्यान्न दमक – ९ का वडा सदस्य समिन रिजाल, ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्माले वितरण गरे । ती खाद्यान्न टोल विकास समिति र वडाले सिफारिस गरे अनुसार वितरण गरिएको जनाईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।