सरोज पौडेल

पारिवारिक र घरायसी व्यवहारिक हुन सिकायो वर्तमान परिवेशले । लकडाउन घरमै बस्नु बाहिर नहिड्नु राज्यको आदेश हामीले मानेका छौं परिस्थिति यस्तो आउदो रहेछ जुन हामीले कल्पना सम्म गरेका थिएनौं । प्रकृतिसंग खेल्न र पारिवारिक हुन बाध्यता नै भयो ।

तिमी प्रकृतिकै हो, यो यथार्थ पनि हो। तनावग्रस्त जीवन, परिवार, ब्यापार, साथीभाई, राजनीति समाज र भूगोल मानवीय जीवनमा निरन्तर जोडिने शब्द र कर्म पनि । कुनै दिन फुर्सद नै मिलेन आफ्नो लागि समय, समय त थियो तर अरुले देख्दा मात्र आफ्नो भने अरुकै लागि व्यतित भइरहयो।

हामीले नचाहेर प्रकृति मनकारी भयो। हाम्रो ब्यस्तता र समय लाई फेरि साम्य पार्दै छ र भन्दैछ तिमी आफ्नो लागि जिउने काम गर !परिवार नै तिम्रो प्रकृति हो जहाँ तिमिले सृष्टि गरेका छौं ।आबेग र उत्तेजनामा स्वार्थी नबन मानव बन दानव होईन ,कत्ती मिठो पाठ सिकाएको छ।

हप्तामा एकदिन हुने छुट्टीमा कुन काम गर्ने के गर्ने तनाव ग्रस्त ।अहिले यस्तो अवस्था आयो सबै काम,ब्यापार ,छोड । हामी नेपाली अझ तनावग्र समयको भाग्यमानी इतिहासका धेरै कुरा हामीले भोग्नु पर्या छ ।ठूलो भुकम्प,जनयुद्ध ,राजनीतिक आन्दोलन ,गणतन्त्रको स्थापना लगाएतका रुपान्तरण र प्राकृति बिपत्तिको सामना गरेका छौं ,यस्तै अहिले अर्को बिश्व संकटको सामना गरिरहेका छौं ।

कोरोना भाइरस चिन बाट शुरू भएको भाइरस आज बिश्वब्यापी हुँदै नेपाल प्रवेश गरेको छ ।सधै कामकै शिलसिलामा घर परिवार लाई समय दिन नसक्ने हामी लाई प्रकृतिले घरमा थन्किएको छ।आफ्नो माया कति रहेछ भन्ने उदाहरण हो यो।अधिकांस मानिस अहिले घरमा आफ्नो काम गरेको र परिवारमा बसेर रमाइलो गरेको तस्वीर र भिडियो पोस्ट गर्दै सबैलाई घरमा बस्न आग्रह गरिरहेका छन् ।

झापाका नेकपा नेता सिपि कडरिया आफ्नो फेशबुकमा बारीमा मकै गोड्दै गरेको फोटो पोस्ट गर्दै लेख्छन् शरीरबाट २/३ पटक पसिना निकाल्ने गरि काम गर्यो भने स्वास्थ लाई राम्रो हुन्छ ,यस्तै युवा व्यावसायी बिजय बस्नेत भन्छन् बिबाह गरेको २१ बर्ष पछि घरमा परिवार संग पहिलो पटक समय बिताए घर सरसफाइ पारिवारिक गफ, आफन्त संग फोनमा कुराकानी एक किसिमले आनन्द भएको छ ,भन्छन् बाच्दाको माया पाइन्छ त।

यस्तै बिर्तामोड ९ का युवा व्यावसायी प्रकाश बुढाथोकी भन्छन् दिनमा ३ वटा सम्म चलचित्र हेर्छु ,भान्सामा खानेकुरा पकाउन जान्ने भइसके जिन्दगी बाच्न लाई रहेछ भन्ने महशुस भएको छ, हुन त बाहिर हिड्नु भनेको रहरले होईन बाध्यताले हो ।

अहिले सामाजिक संजाल निक्कै फस्टाएको छ, आफ्ना साथीहरूको पुरानो फोटो लाइ लाइक कमेन्ट गरेर ताजा बनाएर बिगत लाई सम्झाएको छ। ब्यापारी ,पत्रकार ,शिक्षक,राजनीतिक ब्यक्ति सबैलाई पारिवारिक बनाएको छ।

धेरैले पुस्तक पढ्ने र करेसावारीमा काम गर्ने गरेको पाइन्छ यसले हामी लाई प्रकृति प्रेमी पनि बनाएको छ । गृहस्थ जीवन कसरी चलेको छ छोराछोरीको भावना के कस्तो छ सबै बुझ्ने अवसर दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।