बिर्तामोड , चैत ३० । भारतीयहरुबाट कोरोना भाइरसको महामारी नेपालमा फैलिरहेको अबस्थामा भारतको उत्तर प्रदेशबाट मालवाहक ट्रकमा चढेर चारजना बिर्तामोड आएका छन् ।

जसबाट बिर्तामोडवासी त्रसित बनेका छन् । आज बिहानपख भारतको उत्तर प्रदेशबाट मालवाहक ट्रक जोगवनीको नाका हुुँदै बिराटनगरको भन्सारबाट बिर्तामोड —५ मा आएको हो । त्यसमा चढेर ४ जना भारतीय आएका छन् ।

त्यसबारे प्रहरी प्रशासनलाई जानकारी भए÷नभएको बारे थाहा हुन नसकेको स्थानीय रामु सिंहले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।