रौतहट, जेठ ०६ । दुधिअवा सिंचाई आयोजनाले वर्षायाम लागेसंगै कुलो पैनीहरु सफाई गरेको छ । खेतीपातीको समयमा सिंचाई अभाव नहोस् भन्ने उद्धेश्यले सफाई गरिएको फतुवाविजयपुर १० का वडा सदस्य तथा प्रवक्ता जेन लामाले बताए ।

दुधिअवा सिंचाई समितिको अध्यक्ष राजिव थपलिया सक्रियता र फतुवाबिजयपुर न.पा. १० का वडा सदस्य तथा प्रवक्ता जेन लामाको बिशेष सहयोगमा कुलो पैनी सफाई गरिएको हो ।

कोरोना भाइरस (कोभिड १९) का कारण देश लकडाउनमा रहेपनि किसानलाई भने खेतीको चटारो छ । अहिले बर्खे धान रोप्नलाई बिउ छर्न किसानलाई हतारो भएको छ । कुलो सफा गरे संगै दुधिअवाबासीले सहज रुपमा सिंचाई उपभोग गर्न पाउने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।