हैकम घिसिङ

झापा, जेठ ०९। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस,  नेपाल सहित विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईँंदैछ । जैविक विविधताका मुद्धाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्धेश्यले संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

नेपालमा वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले हरेक वर्ष जैविक विविधता दिवसको कार्यक्रम तयार गरी मनाउँँदै आएको छ। जैविक विविधता दिवसको अवसरमा विभिन्न संस्था तथा गैर सरकारी संस्थाहरुले वृक्षारोपण, जैविक विविधता सम्बधी सचेतना र यसको महत्वबारे सचेतनामुलक कार्यक्रमहरु गर्ने गर्दछन् ।

यसवर्षको अन्तरास्ट्रिय नारा “आवर सोलुसन्स आर इन नेचर” रहेको छ । कोरोना भाइरसको महामारीका कारण यसबर्ष नेपाली नारा तयार गरिएको छैन । गतवर्ष “खाद्यन्न र स्वास्थ्य जीवनका लागि जैविक विविधता” नारासहित विविध कार्यक्रम गरी मनाइएको थियो ।

सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ मा यो दिवस मनाइन्छ।

मानव जीवनको अस्तित्वका लागि जैविक विविधताको उच्च महत्व रहेको छ । यसको संरक्षणका लागि सरकार, सरोकारवाला र आम नागरिकको सहभागिता हुन जरुरी छ ।जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राख्नुका साथै यसका लागि संघ, प्रदेश र स्थानीय तहले बजेटको पर्याप्त व्यवस्था गर्नुपर्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।