झापा, जेठ १० । झापामा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै झापामा कोरोना संक्रमणको संख्या ३६ पुगेको छ ।

झापाको झापा गाउँपालिकाको डिल्लीराज माविमा रहेको क्वारेन्टाइन बसेका वडा नं ४ का एक ३० वर्षिय पुरुषमा पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।

यसअघि झापाको कचनकवल गाउँपालिकामा ३३, बाह्रदशी गाउँपालिकामा १ र दमक नगरपालिकामा १ जना कोरोना संक्रमित भेटिएका थिए । उनीहरुमध्ये २ जना निको भएर घर फर्किसकेका छन् ।

यो संगै नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।