पाकिस्तान,जेठ १०।  पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै तीन सय भन्दा बढी बन्दी कोरोना भाइरसबाट संक्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा संक्रमित फैलिएको अधिकारीहरु जानकारी दिएका छन् । 

शनिबार सार्वजनिक भएको विवरण अनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरै जनामा संक्रमण फैलिएको बताइएको छ। कारागारका अधिकारीहरुले संक्रमित र संक्रमण नभएका कैदीहरुलाई अहिले छुट्टा छुट्टै राखिएको जानकारी दिएका छन् ।

चाडो चाडै संक्रमण फैलिएको देखिएपछि अहिले अस्पतालका सबै कैदी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारीलगायतको पनि कोरोना परिक्षण गरिएको छ । कारागारमा पहिलो संक्रमित यही मे ११ तारिखका दिन पुष्टि भएको थियो । त्यसपछि अरु केही व्यक्तिहरुमा देखिएको थियो । 

अहिले त्यो दिनप्रतिदिन बढ्दै गइरहेको पाइएको छ । शनिबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट ५२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।