वीरगञ्ज,जेठ १०। वीरगञ्जको आदर्शनगरस्थित एक कबाडी गोदाममा शनिबार अपराह्न आगलागी भएको छ ।

अपरान्ह ३ बजेको समयमा हिरालालप्रसाद साह सोनारको प्लास्टिकको कबाडी गोदाममा आगलागी भएको पर्साका डीएसपी वीरेन्द्रबहादर शाहीले जानकारी दिए ।

सोनारले अरुको जमिन भाडामा लिएर सञ्चालन गरेको प्लास्टिकको कबाड गोदाममा आगलागी हुँदा करिब एक लाख पचास हजार बराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।

डीएसपी शाहीले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा आगलागीबाट करिब एक लाख पचास हजार बराबरको क्षति भएको छ । आगलागीको कारण भने खुल्न सकेको छन् । अनुसन्धानपछि मात्रै आगलागीको कारण खुल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।