झापा, जेठ १५ । विराटनगर–३ मा रहेको पोखरीया माध्यमिक विद्यालयले लकडाउनको अवज्ञा गर्दै विद्यार्थी भर्ना परीक्षा लिएको छ ।विद्याथीहरुको समूह भेला गरी पोखरीया स्कूलले प्रवेश परीक्षा लिएको हो । सरकारले जारी गरेको लकडाउनका बावजुद विराटनगरको सामुदायिक विद्यालय पोखरीया स्कूलले प्रवेश परीक्षा लिएको भन्दै प्याब्सन मोरङले ध्यानाकर्षण भएको जनाएको छ ।पोखरिया माविले विगत केही दिनयता दैनिकी रुपमा नयाँ भर्नाको लागि प्रवेश परीक्षा लिएको भन्दै प्याब्सन मोरङले आज एक प्रेस विज्ञप्ति जारी गरेर ध्यानाकर्षण गराएको हो । सरकारले कोरोना भाईरस (कोभिड १९ )को रोकथाम तथा जोखिमबाट बच्न भन्दै विगत २ महिनादेखि लकडाउन गरेको छ । यस्तो अवस्थामा कुनै पनि विद्यालयहरुलाई भर्ना तथा प्रवेश परीक्षा जस्ता कुनै पनि गतिविधि नगर्न र नगराउन सरकारले आदेश दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।