काठमाडौं,जेठ १५ ।  नेपालमा कोरोना भाइरस संक्रमण तिब्र रूपमा बढ़ी रएको छ । बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या हजार नागेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमण ५१ जिल्लामा फैलिएको छ। बिहिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। 

नेपालमा कुल संक्रमितको संख्या १०४२  पुग्दा पाँच जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म १८७ जना निको भएर घर फर्किएका छन्। जसमध्ये ९४० जना पुरूष र १०२ जना महिला रहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्।